क्या मात चढेछ कालीको जवानी !
रसिलो कति हो लालिको जवानी !!
फूलको चासो गर्छन यो दुनिया ,
सोध्दैनन कोहि मालीको जवानी !!
मख्ख त पहिलै परेलो थिएँ म ,
देखेर आफ्नै सालीको जवानी !!
क्या गज्जब जोत्छ धर्तिनै फटाइ ,
हलोमा हेर्नुस् त फालिको जवानी !!
पूर्ण जी मुस्कान .........
No comments:
Post a Comment