एउटा छ दिलमा हटाउछु प्रिय !
मायानै मायाले सताउछु प्रिय !!
आउन बस त कांखैमा आज ,
जोसले जवानी तताउछु प्रिय !!
प्राणको प्यारी नै हौ मेरी तिमी ,
भनेर तिम्लाई बताउछु प्रिय !!
साथमा हात त्यो समाल्दै फेरी ,
सारा यो जिन्दगी कटाउछु प्रिय !!
मायामा भिकारी म भयं भने ,
तिमीलाई दिलमा खटाउछु प्रिय !!
No comments:
Post a Comment