Thursday, 26 July 2012
मुक्तक
दन्क्यो भने पेटमा आगो माटो खनेर थेग्नु !
आए आंधी जिन्दगीमा पहाड बनेर थेग्नु !!
आँट बाबुरा छन पाखुरा हान झट्टी श्रमको,
पसिना बाल पाइला छाल हुन्न कनेर थेग्नु !!
by.. केशब जी ............
आए आंधी जिन्दगीमा पहाड बनेर थेग्नु !!
आँट बाबुरा छन पाखुरा हान झट्टी श्रमको,
पसिना बाल पाइला छाल हुन्न कनेर थेग्नु !!
by.. केशब जी ............
मुक्तक
जवानी जोसले हरिप पो देखिएँ !
च्यातेको लुगाले गरिब पो देखिएँ !!
टाई र सुट त्यो लगाउन थालेसी ,
दुनिया माझ म सरिक पो देखिएँ !!
च्यातेको लुगाले गरिब पो देखिएँ !!
टाई र सुट त्यो लगाउन थालेसी ,
दुनिया माझ म सरिक पो देखिएँ !!
मुक्तक
म फुलैमा ठिकै थिए काँडा किन बन्नु अब ?
आफ्नै मान्छे समिप हुँदा टाडा किन बन्नु अब ??
भाग्य लुट्दा लेखान्तले हेरी बसें मैले _पनि ,
उही दुस्मन दैब संग गाडा किन बन्नु अब !!
आफ्नै मान्छे समिप हुँदा टाडा किन बन्नु अब ??
भाग्य लुट्दा लेखान्तले हेरी बसें मैले _पनि ,
उही दुस्मन दैब संग गाडा किन बन्नु अब !!
गजल .........
एउटा छ दिलमा हटाउछु प्रिय !
मायानै मायाले सताउछु प्रिय !!
आउन बस त कांखैमा आज ,
जोसले जवानी तताउछु प्रिय !!
प्राणको प्यारी नै हौ मेरी तिमी ,
भनेर तिम्लाई बताउछु प्रिय !!
साथमा हात त्यो समाल्दै फेरी ,
सारा यो जिन्दगी कटाउछु प्रिय !!
मायामा भिकारी म भयं भने ,
तिमीलाई दिलमा खटाउछु प्रिय !!
गजल .
बाँच्नुको त यहाँ कुनै सार छैन जिन्दगीमा !
हेला मानै बाँचेको छु प्यार छैन जिन्दगीमा !!
रेट्न सम्म रेटे जिबन सासको आश रहें सम्म ,
अब रेट्ने कुनै त्यस्तो तार छैन जिन्दगीमा !!
जता हेर्छु उतै सुन्य किन हुन्छ मेरै -लागि ,
लाग्छ मलाइ बच्नु यहाँ आधार छैन जिन्दगीमा !!
कस्को साथ खोज्नु खै र , कस्को भर पर्नु अझै ,
जता हेर्यो उतै दुस्मन स्याहार छैन जिन्दगीमा !!
समुन्द्र को छाल भए छेक्थें होला किनार बनि ,
छेक्न मिल्ने कुनै त्यस्तो छेक् बार छैन जिन्दगीमा !!
पूर्ण जी मुस्कान .............
गजल ..........
क्या मात चढेछ कालीको जवानी !
रसिलो कति हो लालिको जवानी !!
फूलको चासो गर्छन यो दुनिया ,
सोध्दैनन कोहि मालीको जवानी !!
मख्ख त पहिलै परेलो थिएँ म ,
देखेर आफ्नै सालीको जवानी !!
क्या गज्जब जोत्छ धर्तिनै फटाइ ,
हलोमा हेर्नुस् त फालिको जवानी !!
पूर्ण जी मुस्कान .........
मुक्तक
सधै सधै पिउँछु यहाँ शोकमा मात्र अचेल !
बोलाउछन साथि भाइ चोकमा मात्र अचेल !!
नपिएकै बेस लाग्थ्यो पिए पछी फेरी त्यहाँ ,
नजरमा देख्छु रिसको झोकमा मात्र अचेल !!
बोलाउछन साथि भाइ चोकमा मात्र अचेल !!
नपिएकै बेस लाग्थ्यो पिए पछी फेरी त्यहाँ ,
नजरमा देख्छु रिसको झोकमा मात्र अचेल !!
Subscribe to:
Comments (Atom)
