Saturday 4 August 2012

मुक्तक ...

फर्की आउछु छिट्टै अब मेरै बाटो हेरी बस्नु !
याद संगै झ्यालको फोटो मेरो साटो हेरी बस्नु !!
.....झनै यादले सताएर के नै गरु हुन्छ भने ,
संगै बस्दा लगाएका लुगा फाटो हेरी बस्नु !!

Thursday 26 July 2012

मुक्तक

कि भाग्य बलेको हुनुपर्छ !
कि खल्ती चलेको हुनुपर्छ !!
त्यतिकै चर्चा कहाँ चल्छ ,
कि केहि छलेको हुनुपर्च्छ !!

          ,,    by    केशव जी .........

मुक्तक

दन्क्यो भने पेटमा आगो माटो खनेर थेग्नु !
आए आंधी जिन्दगीमा पहाड बनेर थेग्नु !!
आँट बाबुरा छन पाखुरा हान झट्टी श्रमको,
पसिना बाल पाइला छाल हुन्न कनेर थेग्नु !!


                                              by..         केशब जी ............

मुक्तक

जवानी जोसले हरिप पो देखिएँ !
च्यातेको लुगाले गरिब पो देखिएँ !!
टाई र सुट त्यो लगाउन थालेसी ,
दुनिया माझ म सरिक पो देखिएँ !!

मुक्तक

म फुलैमा ठिकै थिए काँडा किन बन्नु अब ?
आफ्नै मान्छे समिप हुँदा टाडा किन बन्नु अब ??
भाग्य लुट्दा लेखान्तले हेरी बसें मैले _पनि ,
उही दुस्मन दैब संग गाडा किन बन्नु अब !!

गजल .........


एउटा छ दिलमा हटाउछु प्रिय !
मायानै मायाले सताउछु प्रिय !!

आउन बस त  कांखैमा  आज ,
जोसले जवानी तताउछु प्रिय !!

प्राणको प्यारी नै हौ मेरी तिमी ,
भनेर तिम्लाई बताउछु प्रिय !!

साथमा हात त्यो समाल्दै फेरी ,
सारा यो जिन्दगी कटाउछु प्रिय !!

मायामा भिकारी म  भयं  भने ,
तिमीलाई दिलमा खटाउछु प्रिय !!

गजल .


बाँच्नुको त यहाँ कुनै सार   छैन जिन्दगीमा !
हेला मानै बाँचेको छु प्यार  छैन जिन्दगीमा !!

रेट्न सम्म रेटे जिबन सासको आश रहें सम्म ,
अब रेट्ने कुनै   त्यस्तो तार छैन   जिन्दगीमा  !!

जता हेर्छु उतै   सुन्य किन हुन्छ  मेरै    -लागि ,
लाग्छ मलाइ बच्नु  यहाँ आधार छैन जिन्दगीमा !!

कस्को साथ खोज्नु खै र , कस्को भर  पर्नु अझै ,
जता हेर्यो उतै दुस्मन स्याहार छैन जिन्दगीमा !!

समुन्द्र को छाल भए छेक्थें होला  किनार   बनि ,
छेक्न मिल्ने कुनै त्यस्तो छेक् बार छैन जिन्दगीमा !! 


                                            पूर्ण जी मुस्कान .............